News

' पहिले प्रदेशको विवाद टुंग्याऔं' - कांग्रेसका नेता प्रकाशमान सिंह

' पहिले प्रदेशको विवाद टुंग्याऔं' - कांग्रेसका नेता प्रकाशमान सिंह
असोज - ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबभन्दा पहिलो काम प्रदेशको विवाद टुंग्याउनुपर्ने बताएका छन् ।  शनिबार नेपाली कांग्रेस टोखा नगर समितिलेआयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका छन् । prakash-man-singh उनले संविधान संशोधनभन्दा अघि प्रदेशका सवालमा उठेका विषयमा राजनीतिक समझदारी जुटाउन जरुरी रहेको बताए । ‘दलहरुबीचको किचलोले संविधान कार्यान्वयनकै मुद्दामा अल्झिरहँदा निराशा छाएको छ,’ उनले भने, ’अब दलगत स्वार्थमा मुलुकलाई अनिर्णयको बन्दी बनाउन हुँदैन।’ दलबीच सहमति जुटाएर छिटोभन्दा छिटो संविधान संशोधनमार्फत असन्तुष्ट समूहको जायज माग पूरा गरी निर्वाचनमा जुट्नुपर्ने समेत उनले धारणा राखेका थिए । यसका लागि सरकारले वातावरण निर्माण गरी राजनीतिक छलफल अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले दलबीच सहमति जुटाउन कांग्रेसले अगुवाइ गर्ने समेत बताए । कार्यक्रममा सांसद भीमसेनदास प्रधान, काठमाडौं जिल्ला सभापति सबुझ बानियाँले स्थानीय निर्वाचनमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

bibad chunab prakash man singh

विशेष