News

डेब्यु खेलमै सन्दीपको प्रभाव

डेब्यु खेलमै सन्दीपको प्रभाव
असोज ८ । माइकल क्लार्कको क्लबबाट अष्ट्रेलियन क्रिकेट लिगमा डेब्यु गरेका नेपाली क्रिकेटर सन्दिप लामिछाने पहिलो खेलबाटै राम्रो सुरुवात गरेका छन् । उनले क्लार्कको क्लब वेष्टर्न सबवर्सबाट शनिबार डेब्यु गर्दै सबैको ध्यान तान्न सफल भएका हुन् । clarkesandeepcricket सोमबार मात्र अष्ट्रेलिया पुगेका उनलाई पूर्वकप्तान क्लार्क एअरपोर्टमा स्वागत गर्न पुगेका थिए । क्लार्कले आफ्नो क्रिकेट क्लबबाट खेल्न बोलाएका हुन् । हङकङमा गत मेमा भएको टी–ट्वान्टी क्रिकेटमा लामिछानेले गरेको प्रदर्शनबाट प्रभावित भएर क्लार्कले अष्ट्रेलिया बोलाएका हुन् । १६ वर्षीय लेग स्पिनर लामिछानेले वेष्टन सबवर्सका लागि ८ ओभर वलिङ गर्दै एक विकेट लिएर १७ रनमात्रै दिए । क्लार्कको क्लव क्रिकेटमा कमब्याक र सन्दिपको डेब्यु खेलमा वेष्टर्न सबवर्सले मोसमनलाई ६ विकेटले पराजित गर्न सफल भयो । ‘यहाँ आउन पाउँदा एक्दमै खुसी भएको छु । लामिछानेले खेलपछि प्रतिक्रिया दिँदै भने, मेरो सपना राम्रो क्रिकेटर बन्नु नै हो ।’ सन्दिपको प्रशंसा गर्दै अष्ट्रेलियन क्रिकेटका पूर्वकप्तान क्लार्कले भनेका छन्,‘सन्दिपले राम्रो सुरुवात गरेको छ । मलाई लाग्छ अबका दिनमा ऊ अझै राम्रो खेल्नेछ ।’

Clarke Sandeep lamichhane

विशेष