पहिरोले यातायात सेवा अवरुद्ध

असोज - ८ । सिद्धिचरण लोकमार्ग अर्न्तगत उदयपुरको हर्देनी ठाँटीस्थित लप्सेमा तीन दिनदेखि निरन्तर पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ ।
पहिरो हटाउन सडक डिभिजन कार्यालय लहान र प्रहरीको सक्रियता रहेपनि पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन समस्या परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
तीन दिनदेखि सडक अवरुद्ध हुँदा यातायतका साधन हर्देनी क्षेत्रमा रोकीएका छन् ।
abarudda
Bus
Pahiro
Road
