लालितपुरमा घरभित्रै चितुवा भेटियो

असोज - ८ । ललितपुरको घरभित्र पसेको एउट चितुवालाई जीवितै समातिएको छ ।
चितुवा बिहान ३ः३० बजे विमलप्रसाद पौडेलको घरमा पसेको थियो । रातको समय भएकाले कुनै मानवीय क्षति नभएको डिएसपी ईश्वरीप्रसाद कार्कीले बताएका हुन् । चितुवालाई नेपाल प्रहरी र जिल्ला वन कार्यालयको संयुक्त टोलीले समातेर जाउलाखेल चिडियाखानामा बुझाएकोे छ । उक्त चितुवा नजिकैको जंगलबाट आएको स्थानियले बताएका छन् ।
chituwa lalitpur