News

विश्व मुटू दिवसमा पत्रकारलाई सम्मान

विश्व मुटू दिवसमा पत्रकारलाई सम्मान
असोज - ८ । विश्व मुटू दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले शनिबार एक समारोहमा कान्तिपुर दैनिकका पत्रकार अतुल मिश्रलाई सम्मानित गरेको छ । binod-chaudhary ‘आफनो जीवनलाइ शक्ति दिउँ,’ भन्ने नारा सहित यो वर्ष विश्व मुटू दिवस मनाइँदै छ । पत्रकारिताको माध्यमले मुटू रोग सम्वन्धि जनचेतना अभिवृद्घि मा उल्लेखनिय योगदानको लागि नर्भिकका अध्यक्ष बसन्त चौधरीले अस्पतालद्वारा आयोजित मुटू दिवस समारोहमा मिश्रलाइ सम्मानित गरेका हुन् । मुटू रोगले वर्षेनी एक करोड ७५ लाख भन्दा बढी मानिसहरूले ज्यान गुमाइरहेका छन् । यो रोगको रोकथाम, निवारण, जनचेतनाको अभिवृद्धि गराउने उद्देश्यले ‘विश्व मुटु महासंघ’ को आहवानमा वर्षेनी सेप्टेम्बर महिनाको २९ तारीख विश्वभरी नै ‘विश्व मुटु दिवस’ मनाइन्छ । उक्त अवसरमा पत्रकारद्वय पुरुषोत्तम घिमिरे र भगवत्ती तिमिल्सिनालाइ समेत सम्मानित गरिएको थियो । मुलुकमा समेत मुटू रोग को उपचार फड्को मारेको उल्लेख गर्दे वरिष्ठ मुटूरोग विशेषज्ञ डा. यादव भट्टले गर्भास्थाको शिशुदेखि जन्मजातसम्ममा मुटूमा भएको गडवडी बारे परिक्षण, उपचार गर्ने प्रविधि हाल नर्भिकमा उपलब्ध रहेको बताए ।

atul mishra binod chaudhary norvok hospital

विशेष