ताजा खबर राजनीति News

परराष्ट्रमन्त्री महतद्वारा राष्ट्रसंघमा सम्बोधन, नेपाल सधै मानवअधिकारको पक्षमा रहेको भनाइ

परराष्ट्रमन्त्री महतद्वारा राष्ट्रसंघमा सम्बोधन, नेपाल सधै मानवअधिकारको पक्षमा रहेको भनाइ

mahat

असोज ९ । संयुक्त राष्ट्रसंघको ७१ औं महासभालाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रकाशशरण महतले नेपाल सरकार विश्व समुदाय सामु मानवअधिकार र नागरिकको आधारभुत स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार राति महासभालाई सम्बोधन गदै परराष्ट्र मन्त्री महलते संविधानसभाबाट जारी भएको नेपालको नयाँ संविधानले प्रजातान्त्रिक व्यवस्था, कानुनी शासन र नागरिक उत्तरदायी सरकार बनाउन सहयोग गरेको बताए ।

नयाँ संविधानले समावेशी सिद्धान्तको आधारमा सबै क्षेत्र, वर्ग र समुदायको अधिकार समेट्ने प्रयास गरेको र असन्तुष्ट पक्षलाई पनि समेट्ने प्रयास भइरहेको बताए । दीगो शान्ति स्थापनाका लागि नेपाल सरकार प्रयासरत रहेको समेत भनाई थियो ।

नेपालका सुरक्षाकर्मीले विभिन्न देशमा संयुक्त राष्ट्रसंघको अभियान अन्तर्गत शान्ति स्थापनाका लागि काम गरिरहेको परराष्ट्रमन्त्री महतले स्मरण गरेका थिए । राष्ट्रसंघले नेपालको विकासमा तथा नेपालले राष्ट्रसंघको शान्ति मिसनमा सहयोग गरिहेको बताए ।  यस्तै विनशकारी आणविकसहित सबै हतियार निश्चित समय भित्र निसश्त्रिकरण गर्नुपर्ने पक्षमा नेपाल रहेको समेत बताए ।

Mahat

विशेष