ताजा खबर News

वैद्यको बन्द फिर्ता

वैद्यको बन्द फिर्ता

mohanbaidhya असोज ९ । पक्राउ कार्यकर्ता रिहा भएपछि नेकपा क्रान्तिकारी माओवादीले आइतबार गर्ने भनेको उपत्यका बन्द फिर्ता लिएको छ । चन्दा सङ्कलन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेका पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल क्रान्तिकारीका सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दीपेन्द्र सुनुवारलाई रिहा गरेपछि बन्द फिर्ता लिइएको माओवादी उपत्यका संयोजक दिनेश शर्माले जानकारी दिए ।

पार्टीले पक्राउ कार्यकर्ता रिहाइको माग गर्दै आइतबार उपत्यका बन्द कार्यक्रम आयोजना गरेको थियो । पक्राउ नेता, कार्यकर्ता सिंहदरबार प्रहरी वृत्तमै शुक्रबारदेखि आमरण अनशन बसेकामा आज रिहा गरिएको हो ।

Baidhaya

विशेष