News

हिसानको अध्यक्षमा अधिकारी निर्वाचित

हिसानको अध्यक्षमा अधिकारी निर्वाचित
असोज ९ । उच्च माध्यमिक विद्यालय संघ (हिसान)को अध्यक्षमा नरेन्द्र बहादुर अधिकारी निर्वाचित भएका छन् । hisan काठमाडौंमा भएको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको थियो । पूर्व मन्त्री तथा संविधान सभा सदस्य माननिय राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त अधिवेशमा हिमालय कलेजका नरेन्द्र बहादुर अधिकारीलाई अध्यक्ष चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा शिव प्रसाद अधिकारी र जेसिका चेमजोङ्ग, सचिवमा भवानी प्रसाद पौडेल, कोषाध्यक्षमा राजकुमार आचार्य, सहसचिवमा आनन्द कुमार यादव चयन भएका छन् । सदस्यहरुमा क्रमशः गोपीराज पराजुली, नन्दुप्रसाद कुशवाहा, लकश श्रेष्ठ, खड्क बहादुर बस्नेत, बरुण पन्थी, प्रकाश श्रेष्ठ, टिकाराम सापकोटा, दिपेन्द्रराज दाहाल र ऋषिप्रसाद न्यौपाने चयन भएका थिए ।

HISSAN narendra adhikari

विशेष