नेपाली सङ्गीतलाई विश्वभर चिनाउने प्रधानमन्त्री प्रचण्डको अठोट
असोज - ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली सङ्गीत र कलालाई विश्वभर फैलाउन विभिन्न मुलुकमा रहेका राजदूतावासमा यस क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई पनि राख्न पहल गरिने बताएका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नवौँ प्राज्ञसभालाई आइतबार सम्बोधन गर्दै प्रतिष्ठानका संरक्षक प्रधानमन्त्रीले राजदूतावासमा सैनिक एवम् श्रम सहचारी रहे जस्तै गरी सङ्गीत क्षेत्रका प्रतिनिधिलाई राख्ने पहल गर्ने विश्वास दिलाएका हुन् ।
उनले भने, ’नेपाल र नेपालीको गौरवलाई विश्वमा चिनाउन सङ्गीत एवम् नाट्य क्षेत्र गतिशील हुनुपर्छ, त्यसका लागि संरक्षकका तवरबाट म सक्दो पहल गर्छु ।’
प्रतिष्ठानको प्रवद्र्धन र विकासका लागि आफ्नै भवन हुने व्यवस्था मिलाउन प्रधानमन्त्री प्रचण्डले छिट्टै पहल गरिने बताएका छन् ।
तराई, पहाड र हिमालभित्र रहेको विविधता र मौलिकतालाई जीवन्त एवम् विश्वभर फैलाउने जिम्मा पाएको प्रतिष्ठानको भूमिकालाई अझै विस्तार गरेर लैजानुपर्नेमा जोड दिएका हुन् ।
प्रतिष्ठानका कुलपति सरुभक्तले परिवर्तनको संवाहकका रुपमा रहेको नाट्य प्रज्ञा–प्रतिष्ठानको भौतिक संरचना निर्माणका लागि सहयोग गरिदिन माग गरे ।
प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले प्रतिष्ठानको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बहुजातीय र बहुसांस्कृतिक मुलुकको समुन्नत संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासका लागि प्रतिष्ठानले अन्तर्रा्ष्ट्रियस्तरमा अध्ययनअनुसन्धान गर्दै आएको जानकारी दिए । रासस
kala
pm pushpa kamal dahal prachanda
sangit