श्रीलङ्कामा विद्रोहीद्वारा आफ्नो रिहाईको माग गर्दै जेलभित्र भोक हडताल सुरु

असाेज - ९ । श्रीलङ्कनको जेलमा रहेका पूर्व तामिल विद्रोहीद्वारा आफ्नो रिहाईको माग गर्दै जेलभित्र भोक हडताल सुरु गरेका छन् ।

अल्पसङ्ख्यक तामिल समुदायका पूर्व तामिल टाइगर्स समूहमा आबद्धता रहेको र जाफ्ना तथा भावुनिया क्षेत्रमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनीहरुले आफ्नो मुद्दालाई थप ढिलाइ नगरीकन बिनासर्त रिहा गर्नुपर्ने माग राखेका छन् ।
जेलबन्दीहरुले यदि उनीहरुको मुद्दाउपर सुनुवाइ नभएमा आफूहरु अदालतमा जाने बताएका छन् । यसैबीच, जेल अधिकारीले केही तामिल थुनुवाहरुलाई उनीहरुले माग गरे बमोजिम जाफना क्षेत्रमा पठाइन लागेको बताएका छन् ।
जेलमा हडतालमा उत्रिएका अधिकांश विद्रोही ३० वर्ष लामो गृहयुद्धलाई सरकारी सेनाले सैनिक बलमा अन्त्य गरेपछि सन् २००९ को मेमा पक्राउ परेका थिए । (रासस(सिन्ह्वा