युएईबाट यात्रु लिएर काठमाडाैँका लागि उडेकाे नेपाल वायु सेवा निगमको जहाज अाकस्मिक अवतरण

असोज ९ । युएईबाट यात्रु लिएर काठमाडौं आएको नेपाल वायु सेवा निगमको विमान अवतरणपछि ग्राउन्डेड भएको छ । युएईबाट यात्रु बोकेर आइरहेका बेला आकासमै प्राविधिक समस्या देखिएको थियो ।
नेपाल एयरलाइन्सको एयरबस ३२०, नाइन एन एकेडब्लु कलसाइन सगरमाथा नामको सो विमानलाई पाइलटले अाइतबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएका थिए । प्राविधिक समस्याका कारण ग्राउन्डेड भएको विमान आइतबार उडान गर्न नसक्ने नेवानिले जनाएको छ । चेक जाँच र मर्मत सकिएमा सोमबारदेखि उडान सञ्चालन गर्नेछ ।
विमानको मर्मत भोलि साँझसम्म सकिए सोमबारदेखि पुनः उडान सञ्चालन हुनेछ निगमका कर्पोरेट निर्देशक एवम् प्रवक्ता रामहरि शर्माले भने ।
संयुक्त अरब इमिरेट्सबाट आएको उक्त विमानमा प्राविधिक समस्या देखिएपछि पाइलटले सुरक्षित अवतरण गराएका थिए। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा एयरबस र एउटा बोइङ विमान छन् ।
akasmik awataran
garnded
Nepal Airlines
UAE
