विदेश

ध्वस्त पार्नु पर्ने भारतीय क्षेत्रहरु पाकिस्तानले तोकिसक्यो

ध्वस्त पार्नु पर्ने भारतीय क्षेत्रहरु पाकिस्तानले तोकिसक्यो

pakistani-air-forceएजेन्सी– पाकिस्तानी वायुसेनाले भारतमाथि आक्रमणका लागि लक्ष्य चुनिसकेको खबर प्राप्त भएको छ ।

पाकिस्तानको एक प्रभावशाली मिडियाका अनुसार पाकिस्तानी वायुसेनाले आक्रमणका लागि भारतका विभिन्न विन्दुहरुमा आफ्नो निशाना केन्द्रीत गर्ने छ । भारतमाथि कसरी आक्रमण गर्न सकिन्छ भन्ने मास्टर प्लान पाकिस्तानले तयार गरिसकेको छ ।

पाकिस्तानका सेना प्रमुख जनरल राहिल शरीफले आफ्नो मुलुकको हरेक इञ्च भूमि सुरक्षित रहेको र भारतले आक्रमण गर्नेबित्तिकै जवाफी हमलाका लागि सेना तयारी अवस्थामा रहेका छ । पाकिस्तानी मिडिया ग्रुप द न्यूजका अनुसार पाकिस्तान हरेक प्रकारको सुरक्षा चुनौतीसँग भिड्न तयार छ । पाकिस्तानले सबै तयारी पूरा गरेको छ । भारतको कुन क्षेत्रलाई कुन हतियारले ध्वस्त पार्ने भन्ने लक्ष्य पनि दूरुस्त राखिएको  छ ।

विशेष