विदेश

गाईको कंकाल नफालेका कारण दलित गर्भवती महिलामाथि कुटपिट

गाईको कंकाल नफालेका कारण दलित गर्भवती महिलामाथि कुटपिट
असोज - ९ । भारतकाे गुजरातकाे बनासकाठामा मरेकाे गाईकाे कंकाललाई फ्याक्न अस्वीकार गरेकाे अारेापमा एक गर्भवती महिललाई कुटपिट गरिएकाे छ । kutpit ‘इन्डियन एक्सप्रेस’ मा छापिएको समाचार अनुसार  मरेको गाईको कंकाललाई टाढा फ्याक्न अस्वीकार गरेको कारण एक दलित गर्भवती महिलालाई उनको परिवारले कुटपिट गरेका छन् । खबरमा स्थानीय प्रहरीका अनुसार दलित परिवारलाई स्थानीय मानिसहरुले शुक्रबार राति गाईको कंकाल टाढा फाल्न भनेका थिए । तर, ति परिवारका सदस्यले त्यो काम शनिबार बिहान गर्ने भनेका थिए । त्यसपछि कुरा बढ्दै गएको र मारपिट गरेका हुन् । प्रहरीले यस घटनाको आरोपमा छ जना मानिसलाई पक्राउ गरेको छ । प्रहरीले भनेको छ यस घटनामा संलग्न भएका व्यक्तिलाई कानुनको अन्य धारा बाहेक अनुसूचित जनजाति अत्याचार रोकथामको मुद्दा हालिने छ ।

female kutpit

विशेष