विदेश

सुन्तला रङका भेडाहरु

सुन्तला रङका भेडाहरु
असाेज - ९ । हामीले सेता, कालो, खैरो रङको भेडा त देखेका छौँ । जुन आमभेडाको रङ हो । तर, के तपाई सुन्तला रङको भेडा देख्नु भएको छ । पक्कै छैन् । देख्नुभयो भनेपनि तपाईलाई लाग्छ यो कृत्रिम हो । यस्तो हुनै सक्दैन । ship तर उत्तरी बेलायतको कुम्बरिया भन्ने ठाउँका किसानहरूले आफ्ना भेंडाका बथानलाई सुन्तला रङ लगाइदिएका छन् । उनीहरूले सुन्तला रङ लगाउनुको कारण भने चोरी हुनबाट रोक्नु रहेको छ । ship2 गत वर्षमात्र यि किसानहरुको तीन सय भन्दा बढी भेडा हराएका थिए । त्यही डरले यो वर्ष यहाँका किसानहरुले आफूले पालेको भेडाहरुलाईइ सुन्तला रङ लगाइ दिएका हुन् । सुन्तला रङ लगाइदिएपछि भेडाहरु अरु भेडाको भीडमा फरक देखिने कृषकहरुको दाबी रहेको छ । सुन्तला रङ लगाइदिएपछि भेंडाहरू पनि मौलिक जस्तो देखिएको एक किसानले दाबी गरे । भेडाको शरीमा सुन्तला रङ लगाउँदा केमिकल प्रयोग नगरिएकाले भेंडाहरूलाई केही असर नपुग्ने किसानहरुले बताएका छन् । ship1

orange ship

विशेष