प्रधानमन्त्री प्रचण्ड र अख्तियार प्रमुख कार्कीको विषयलाई लिएर एमाले सांसदहरु संसदमा
असोज - ९ । अख्तियार प्रमुख लोकमान सिंह कार्की र प्रधानमन्त्री प्रचण्डको विषयलाई लिएर संसदमा प्रश्न उठेको छ । प्रधानमन्त्री प्रचण्डले लोकमानसँग कुरा मिलिसक्यो भनेर पार्टी बैठकमा भनेको भन्ने सन्दर्भ उठाउँदै एमाले र कांग्रेस सांसदले प्रश्न उठाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार आरोपबाट उन्मुक्त हुन खोजेको भन्दै उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारले स्पष्ट पार्नुपर्ने पनि बताएका छन् ।
व्यवस्थापिका संसदमा बोल्ने क्रममा कांग्रेस सांसद रामहरि खतिवडा र एमाले सांसद पशुपति चौलागाई र रेवतीरमण भण्डारीले अख्तियार प्रकरणबारे वास्तविकता जानकारी गराउन सरकारलाई माग गरेका हुन् ।
विशेष समयमा बोल्दै एमाले सांसद चौलागाईले लोकमानसिंह कार्कीसँग कुरा मिलिसक्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले बिधी र पारदर्शीताको पद्धतिलाई चुनौति दिएको बताए । उनले भने, ‘सर्वोच्च अदालतले अख्तियार प्रमुखको नियुक्तिको फाइल माग्नासाथ प्रधानमन्त्री र उहाँ निकटका जिम्मेवार मन्त्री र नेताहरुको भ्रष्टाचारको फाइल खुल्नु र तत्कालै प्रधानमन्त्रीले कुरा मिलिसक्यो भन्नुले गम्भिर आशंका खडा गरेको छ ।’
चौलागाईले अख्तियारको फाइल अदालतले माग्दा हरायो भन्नु र अहिले फेरि भेटियो भनेर पठाउनुले धेरै शंका जन्माएकाले सरकारले यथार्थ जानकारी दिनुपर्ने बताए ।
कांग्रेस सांसद खतिवडाले प्रधानमन्त्रीले अख्तियार प्रमुखसँग सबै कुरा मिलिसक्यो भन्नुले प्रश्न उठाएको भन्दै सदनलाई जानकारी गराउनुपर्ने बताएका हुन् ।
alhtiyar durupayog anusandhan aayog
BICC
lokman singh karki
nekapa uml
pm pushpa kamal dahal prachanda
Samsad