रुसले सिरियामा बर्बरता मच्चाएकाे अमेरिकाकाे अाराेप

असाेज - १० । अमेरिकाले सिरियामा जारी युद्धमा रुसले बर्बरता मच्चाएको आरोप लगाएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालिन बैठकमा बोल्दै अमेरिकी राजदूत सैमन्था पावरले सिरियामा भैरहेको द्वन्द्वबारे रुसले गलत सूचना दिइरहेको बताइन ।
रुसले सिरियामा बिद्राेहीबिरुको लडाइ नभइ वर्वरता मात्र मच्चाएको उनले बताइन । रुसी सेना र सिरियाको सरकारी सेनाले बिद्राेहीको कब्जा रहेको अलेप्पोमा अन्धाधुन्ध स्थलगत तथा हवाइ आक्रमण गरेको उनको आरोप थियो ।
पछिल्लो समयमा कम्तिमा १५० पटक भन्दा बढी आक्रमण भएको उनको दावी थियो । जवाफमा रुसी राजदूत विटाली चुरकिनले सिरियामा शान्ति वहाली गर्न असम्भव रहेको बताए । उनले संघर्षविराम आफूहरुले नभइ बिद्राेहीले तोडेको आरोप लगाए । सिरियाका प्रतिनिधिले अलेप्पोलाइ पुनः आफनो सेनाले नियन्त्रणमा लिने बताए ।
Syria War
