विदेश

कश्मिर युद्धमा पाकिस्तानलाई चीनको साथ रहने संकेत

कश्मिर युद्धमा पाकिस्तानलाई चीनको साथ रहने संकेत
असोज–१० । भारत र पाकिस्तानबीचको कस्मिरको विषयलाई लिएर भएको विवादले उग्ररुप लिँदै गएको छ । यसै क्रममा कस्मिर युद्धमा पाकिस्तानलाई चीनले भारतविरुद्ध साथ दिने संकत गरेको छ । kashmir_jammu_map पाकिस्तानबाट प्रकाशित हुने डान पत्रिकाका अनुसार चीनले पाकिस्तानलाई कुनै पनि छिमेकी राष्ट्रविरुद्ध सीमाको विषयमा हुने युद्धमा साथ दिने आश्वासन दिएको छ । चीनका महावाणिज्य दूत यू बोरेनले पंजाब प्रान्तका मुख्यमन्त्री शहबाज शरिफको कार्यालयमा उनको जन्मदिनको अवसरमा भएको बैठकमा कुनैपनि छिमेकी राष्ट्रविरुद्ध सीमाको विषयमा हुने युद्धमा आफ्नो देशले साथ दिने बताएका हुन् । केही सयम अघि पाकिस्तानको बालुचिस्तानमा चीनको सहयोगमा निर्माण हुन लागेको एक बन्दरगाहको भारतले विरोध गरेपछि चीन रुष्ट बनेको हो ।

China Jammu Kasmir Pakistan

विशेष