News

नेपाल एयरलाइन्सको एयरबसमा धुवाँ आएपछि आकस्मिक अवतरण

नेपाल एयरलाइन्सको एयरबसमा धुवाँ आएपछि आकस्मिक अवतरण
असोज – १० । नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजको ककपीटबाट धुवाँ उडेपछि त्रिभुवन विमानस्थलमा आकस्किमक अवतरण गराइएको छ । nepal-airlines-a320-2015-a इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट आरए २०५ उडानबाट आएको एन नाइन एकेएक्स कलसाइन भएको एयरबस जहाजको ककपीटबाट धुवाँ उडेपछि पाइलटले विमानलाई आकस्मिक अवतरण गराएको हो । उक्त एयरमा १२ हजार ५ सय फिट उचाइमा पुगेपछि धुवाँ निस्किएको थियो । आकाशमै धुवाँ उडेपछि विमानलाई पौने चार बजे विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । जसमा १६३ यात्रु थिउ । उनीहरु सबै सकुशल छन । जहाजको प्राविधिक समस्याबारेमा अध्ययन भइरहेको नेपाल नेपाल एयरलाइन्सका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । जहाजलाई आकस्मिक अवतरण गरिँदा १६ मिनेटसम्म विमानस्थलको रनवे पनि बन्द भएको थियो । ३ बजेर ५६ मिनेटबाट रनवे सञ्चालनमा आएको विमानस्थलका प्रवक्ता ठाकुरले जानकारी दिएका छन । ककपीटमा धुवाँजस्तो आएको संकेत पाइलटले गरेपछि त्यहाँ दमकल तथा अन्य साधन लिनुपर्ने भएकोले रनवे बन्द भएको र अहिले ति साधनहरु प्याक गरिसकिएको छ । यो सँगै निगमका दुबै एयरबस ग्राउन्डेड भएका छन् । यसअघि अर्को एयरबसमा समस्या आउँदा ह्यांगरमा थन्किएको छ। अन्तर्रा्ष्ट्रिय उडानको लागि निगमसँग तीनवटा विमानमात्र रहेका छन् जसमा अब एउटा बोइङमा चालु छ ।

nepal airline

विशेष