News

भूकम्पपीडितलाई दोस्रो किस्तामा एक लाख ५० हजार दिने निर्णय

भूकम्पपीडितलाई दोस्रो किस्तामा एक लाख ५० हजार दिने निर्णय
असार - १० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर निर्माणका लागि दोस्रो किस्तामा एक लाख ५० हजार दिने निर्णय गरेको छ । bhukampa-punarnirmanसिंहदरबारमा सोमबार बसेको प्राधिकरणको निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई घर निर्माणका लागि तीन किस्तामा गरी ३ लाख अनुदान उपलब्ध गराउने निर्णय समेत गरेको छ । पहिलो किस्ता बापतको रकम नपाएका भूकम्प पीडितहरुले असोज २० गतेभित्र रकम दिइसक्न समेत निर्देशक समितिले प्राधिकरणलाई निर्देश गरेको छ । समितिको बैठकपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख उपलब्ध गराउन लागिएको जानकारी दिए । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण बैठकमा अनुदान बढाउने प्रस्तावमा एमालेले समेत समर्थन गरेको छ । बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भूकम्पपीडितलाई राहत दिने विषयमा प्रतिपक्षमा कुनै विरोध नभई समर्थन रहेको बताए । प्राधिकरणले तीन लाखको कार्यविधी समेत तयार गर्ने भएको छ । कार्यविधी मन्त्रिपरिषद्बाट पारित भएपछि लागु हुनेछ । बजेटको व्यवस्थाको सम्बन्धमा समेत समितिमा छलफल भएको थियो। रावलले बजेट व्यवस्थाका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले समन्वय गरि प्राधिकरणलाइ सुझाव दिन निर्देशन दिइएको उल्लेख गरे । ज्ञवालीले पुनर्निर्माणका लागि थप ६ अर्ब बजेट नपुग्ने उल्लेख गर्दै त्यो तत्काल खर्च गर्न अपुग हुने नभइ पाँच बर्षसम्म खर्च गर्ने बजेट भएकाले व्यवस्थापन दाता वा स्रोतमा हुने बताए । त्यस्तै प्राधिकरणले खटिएका इन्जिनियर र कर्मचारीलाइ प्रोत्साह भत्ता समेत तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । सिकर्मी, डकर्मी , तालिम तथा क्षतिग्रस्त क्षेत्रका बालबालिकाको शिक्षामा असर नपर्ने गरि शैक्षिक संस्थाहरुको पुनर्निर्माणलाइ तीव्रता दिने निर्णय समेत गरेको छ । बैठकले भूकम्पबाट कम क्षति भएका १७ जिल्लाको क्षति विवरण प्राविधिक सर्वेक्षणबाट लिने निर्णय गरेको छ । साथै तत्कालै कर्मचारी परिचालन गर्ने समेत निर्णय गरेको छ ।

Bhukampa Punanirman Pradikaran

विशेष