विदेश

पाकिस्तानी तालिवानका कमान्डर तारिकसहित १० जना मारिएकाे पुष्टी

पाकिस्तानी तालिवानका कमान्डर तारिकसहित १० जना मारिएकाे पुष्टी
असाेज - १० । अफ्गानी सुरक्षा फौजको कारबाहीमा पाकिस्तानी तालिवानका कमान्डर मारिएका छन् । अफ्गानिस्तानको पूर्वी क्षेत्रमा सेनाले गरेको विशेष कारबाहीमा तालिवान प्रमुख अजाम तारिक र उनका छोरासहित अन्य ९ जनाको पनि मृत्यु भएको बताइएको छ । taliban पाकिस्तानको सीमा नजिकै रहेको पाक्तिका प्रान्तमा भएको कारबाहीमा तारिक सहित अन्यकाे मारिएकाे बिबिसिले जनाएकाे छ । नेटाे सेनाको नेतृत्वमा रहेको अफ्गान फौजले गत शनिबार गरेको कारबाहीमा तारिकको मृत्यु भएपनि आज मात्रै सार्वजनिक गरिएको हो । सन् २०१६ को जुलाईमा अफ्गानिस्तानमा आईएसका क्षेत्रीय नेता हाफिज साइद खानको मृत्यु भएयता बिद्रोही उच्च कमाण्डर मारिएको यो पहिलो नेता हुन् । पाकिस्तानी तालिवानका पूर्व प्रवक्ता समेत रहेका तारिक सन् २०१४ मा विभाजित भई अलग गुट बनाएका थिए ।

Taliban leader death

विशेष