ताजा खबर राजनीति News

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षकको बुलेट प्रुफ गाडी हडपे

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षकको बुलेट प्रुफ गाडी हडपे

prachandaअसोज ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढ्दै आएका छन् । दाहालले साउन १९ मा प्रधानमन्त्री हुनासाथ प्रधान कार्यालयबाट अर्यालले चढ्दै आएको ‘ल्याण्ड क्रुजर अमाजन’ जिप झिकाएर चढ्न थालेका हुन् ।

यो अमेरिकी दुतावासले प्रहरी महानिरीक्षकको सुरक्षाका लागि निःशुल्क उपहारमा दिएको गाडी हो । त्यतिबेला प्रहरी महानिरीक्षक श्यामभक्त थापा थिए । प्रधानमन्त्री दाहालले आफ्नो ‘ल्याण्ड क्रुजर अमाजन’ लगेर चढेपछि महानिरीक्षक अर्यालले बुलेट प्रुफरहित सामान्य ल्याण्ड क्रुजर गाडी चढ्न थालेका छन् ।

महानिरीक्षकको यो गाडी हडप्ने दाहाल पहिले प्रधानमन्त्री भने होइनन् । उनका पूर्ववर्ती केपी ओलीले समेत उक्त गाडी हडपेर कार्यकालभरी चढेका थिए ।

Prachanda

विशेष