अर्थ ताजा खबर News

माथिल्लो मस्र्याङ्दी ए आयोजनाले विद्युत उत्पादन सुरु गर्यो

माथिल्लो मस्र्याङ्दी ए आयोजनाले विद्युत उत्पादन सुरु गर्यो

upper-marsyangdi-a असोज ११ । पचास मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ ।चार वर्षअघि निर्माण सुरू भएको माथिल्लो मस्र्याङ्दी ए आयोजना निर्माण सम्पन्न भई सोमबारदेख उत्पादन सुरु गरेको हो ।

नेपालमा विद्युत प्राधिकरणले २०६५ सालमा निर्माण सम्पन्न गरेको ७० मेगावाटको मध्यमस्र्याङदीपछि सम्पन्न भएको यो सबैभन्दा ठूलो आयोजना रहेको छ ।

उर्जामन्त्री जनार्दन शर्माले काठमाडौंस्थित हायात रिजेन्सीमा आयोजित विशेष कार्यक्रममा जलजुङमा विद्युत उत्पादनको लागि अनुरोध गरेर उत्पादन शुभारम्भ भएको घोषणा गरेका थिए । उर्जा सचिव अनुप उपाध्याय, नेपालका लागि जनवादी गणतन्त्र चिनियाँ राजदुतावासका प्रतिनिधि चेङ जीलगायतको उपस्थितीमा आयोजना शुभारम्भ भएको घोषणा गरिएको थियो ।

चीनको पावरचाइना रिसोर्सेस र चितवन को ई समूहको भातृ संस्था सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा सिनोहाइड्रो सगरमाथा पावर कम्पनी प्रालिद्धारा लमजुङको भुलभुलेमा निर्माण, सञ्चालन तथा हस्तान्तरण अवधारणमा निर्माण गरिएको आयोजना १६ अर्बमा निर्माण सम्पन्न भएको हो ।

कारोबार दैनिक

Upper marsyandi Hydropower

विशेष