ताजा खबर News समाज

चालकले मादक पदार्थ सेवन गरी डुंगा चलाएकाले दुर्घटना:  प्रतिवेदन

चालकले मादक पदार्थ सेवन गरी डुंगा चलाएकाले दुर्घटना:  प्रतिवेदन

boat असोज ११ क्षमताभन्दा बढी यात्रु तथा सामग्री र चालकले मादक पदार्थ सेवन गरेकाले सप्तकोसी नदीमा डुङ्गा दुर्घटनामा परेको प्रतिवेदन सार्वजनिक भएको छ ।

सुनसरीको प्रकाशपुर गाविसस्थित सप्तकोसीमा यही असोज १ गते भएको डुङ्गा दुर्घटनाबारे छानबिन गर्न गठित समितिले सार्जजनिक गरेको प्रतिवेदनमा अत्यधिक यात्रु र सामग्री, पहाडमा पानी परेको कारण कोसी नदीमा आएको बाढी, पूर्वसावधानी तथा सुरक्षाका सामान्य उपाय नअपनाउनु लगायत कारणले दुर्घटना भएको उल्लेख छ ।

प्रतिवेदन अनुसार डुङ्गा चालक परिपक्व नहुनु र उनले मापसे गरी चलाउनु लगायत कारणले दुर्घटना भएको हो । सो दिन श्रीलङ्का टापुबाट प्रकाशपुर आउने क्रममा कोसीको मूल भँगालामा डुङ्गा दुर्घटना हुँदा नौ जना अझै बेपत्ता छन् भने ५४ जनाको जीवितै उद्वार गरिएको थियो ।

घटनालगत्तै दुर्घटनाको छानबिन गरी अल्पकालीन र दीर्घकालीन समस्या समाधानको सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न सुनसरीका सहायक प्रजिअ कमलबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।

boat accident

विशेष