ताजा खबर News समाज

बिरामी बोकेको एम्बुलेन्स त्रिशुलीमा खस्यो

बिरामी बोकेको एम्बुलेन्स त्रिशुलीमा खस्यो

ambulance असोज ११ । लमजुङबाट बिरामी बोकेर काठमाडौंतर्फ जाँदै गरेको एम्बुलेन्स त्रिशुली नदीमा खसेको छ । गएराति १० बजे काठमाडौं जाँदै गरेको ग १ च ५७०४ नम्बरको एम्बुलेन्स पृथ्वी राजमार्गको दारेचोक–३ स्थित कुरिनटारको सडकबाट करिब ५० मिटर तल खस्दा ३ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा एम्बुलेन्स चालक स्याङ्जा भोर्लेटारका ५० वर्षीय खेमसिंह गुरुङ, बिरामी स्याङ्जा बिर्घा–९ का १८ वर्षका सुशील थापा र सोही स्थानका बिरामी कुरुवा अन्दाजी ३० वर्षका छवि थापा रहेका छन् । घाइतेमध्ये चालक गुरुङको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Ambulance

विशेष