ताजा खबर News

डाक्टरले कोमल वलीको कार कोरेपछि...

डाक्टरले कोमल वलीको कार कोरेपछि...

komal-oli असोज ११ । ललितपुर पुल्चोकस्थित साझा पेट्रोल पम्प सोमबार दिउँसो करिब २ घन्टा तनावग्रस्त भयो । आफ्नो कारमा पेट्रोल भर्न पुल्चोक पुगेकी गायिका कोमल वलीले पेट्रोल भर्ने क्रममा लाइन मिचेर अगाडि गएपछि झगडा हुँदा तनाव भएको थियो ।

दिउँसो करिब १२ः३० बजे पेट्रोल भर्न पुगेकी गायिका वलीले लाइन मिचेर अगाडि गएपछि उनीभन्दा पछाडी लाइनमा बसेका चाकुपाटका डाक्टर अमितमान जोशीले लाइन मिचेको भन्दै कारको साँचोले वलीको कार कोरिदिएपछि वली र डाक्टर जोशीबीच झगडा चर्केको थियो ।

झगडा साम्य नभएपछि उनीहरू दुवैलाई प्रहरीले जावलाखेल प्रहरी परिसर पुर्याएको थियो । जोशीले ललितपुरका एसएसपी सामु गायिका वलीले लाइन मिचेका कारण आफूले कारको सिसा कोरेको भन्दै ढोकामा हानेपछि उनलाई २ घन्टा हिरासतमा राखिएको थियो । पछि वली र डा जोशीका आफन्तबीच कार मर्मत गरिदिने सहमति भएपछि प्रहरीले डा जोशीलाई मुक्त गरेको थियो ।

Komal Oli

विशेष