
०७३ असोज १० अपरान्ह तीन बजे महासचिव कमरेड ईश्वर पोखरेलले पार्टी कार्यालयमा बोलाउनु भएको बैठक साँझ ६ः२० सम्म चल्यो । बैठक अति महत्वपूर्ण विषयमा थियो र छलफल पनि गम्भीर थियो । जसलेगर्दा खाजा तिर त्यती ध्यान गएन । सामान्य चिया र विस्कुटसंगै बैठक सम्पन्न भयो । विहान ८ बजे घरमा खाना खाएर हिडेको मेरा लागि त्यो समय भोकले निकै सताएको अवस्था थियो । बैठक सके पछि म सिधै हानिए वेएलनेस हेल्थ क्लब लाजिम्पाट तिर । भोकले क्वाँ क्वाँ भइरहको वेलामा केही नखाई एक्सरसाइज गर्नु राम्रो नहुने भएकाले केही खाजा खाने विचार गरेँ । रेस्टुरेन्टको भाईले सोधे के ल्याउँ रु आम प्रचलन जस्तै मैले भने मः मः ल्याउनु न तर छिटो है । केही वेरमा मः मः मेरो टेवुलमा आयो । एक दुई गर्दै मः मः का डल्ला मुख हुँदै पेट तिर पठाईरहेको थिएँ त्यहीवेला अगाडी उभिएर मैले मः मः खाईरहको हेरिरहको एउटा मानिस तिर आखाँ लगाएको त मेरा जिम गुरु श्रीजेस श्रेष्ठ पो । गुरुले मः मः नाखान उत्प्रेरित गरिरहनु हुन्छ । घरमा श्रमतीले पनि मः मः कम गर्ने कुरामा जोड दिरहेको सन्दर्भमा कहिले काहिं खाजा के खानुभयो भनेर श्रमतीजीको प्रश्नमा मैले भन्ने गर्छु मःमः खाएको छैन । तर मैले ढाँटेको कुरा बुझ्न कुनै गाह्रो हुँदैन ।
मः मः संग मेरो नाता गासिएको करिव ३२ बर्ष भयो । २०४१ सालमा बागबजारको एउटा सानो खाजा होटलमा पहिलो पटक मः मः मागेर खाँदा यती मिठो लाग्यो कि त्यसपछि बसेको मः मः संगको प्रेम आज प्रयान्त जारी छ । कुनै विना मनमुटाव र विना असमझदारी आजसम्म चलिरहेको छ । योसंगको पारपाचुके मैले कल्पना गर्नै सक्दिन तर मेरा गुरुको सल्लाहा र निर्देशन रु शुरुमा महावौद्धको एकतला माथि थपिथपि मः मः खायो, जगको पानि घट्घट् पियो काउन्टरमा प्रति प्लेटको रु २ का दरले पैसा तिर्यो बाटो लाग्यो ।

यो दिनचर्या पनि लामै चल्यो । शुरु शुरुमा मज्जाले पचाइयो तर सधैं जित्न काहाँ सकिन्छ र रु ०४३ साल तिर टाइफाइडले झन्डै माथिको टिकट काटेको । तर पनि छोडिएन । बसाई कीर्तिपुर सर्यो त्यहाँ मःमः नपाइने तर खाने मुखलाई जुगाले छेक्दैन भनेजस्तै कीर्तिपुर देखि घनाश्याम भुसाल, शंकर पोखरेल सहितका साथिहरु साझा बस चडेर रत्नपार्क आयो अनि कमलाक्षी गएर टोकन लिएर मः मः को लाईनमा बस्यो हातमा प्लेट लिएर उभिएरै खायो अनि खचाखच भरिएको मिनिबसमा कोचिएर कीर्तिपुर फर्कियो, यो क्रम पनि लामै चल्यो । धेरै पछि त्रिपुरेश्वरमा फास्ट फुड खुल्यो त्यसको मः मः पनि पेटभित्र निकै परेको छ । शुरुमा बफ मः मः नै मिठो लाग्ने ।
पंचायत विरोधी आन्दोलनका क्रममा पुलिस कस्टडी र जेलमा भएको वेलामा कहिले काहिं भेट्न आउने साथिहरुले सोध्ने गर्थे के ल्याइदिउँ रु विना अलमल मुखवाट निस्किहाल्थ्यो मः मः । राँगाको मासु सानै उमेरदेखि खाएकोले होला बफ मः मः प्रति कहिल्यै पनि दिगंदिगं लागेन तर आजकाल भने अलि कस्तो कस्तो लाग्छ । मः मः बनाउनुभन्दा पहिले त्यसको अबस्था देखेर । त्यैले आजभोली आमरुपमा चिकेन मः मः नै अर्डर गरिन्छ । छिटो, छरितो, मिठो, अडिलो मः मः । तर गुरुको सल्लाह पनि नराम्रो चै होईन । त्यसैले क्रमशः घटाउँदै छु भनेर गुरुलाई र श्रीमतिलाई भन्ने गरेको छु । हेर्दै जाऔं ।
गुरु श्रिजेस श्रेष्ठ अति नै मेहनति हुनुहुन्छ । हालैमात्र ६५ केजी समूहमा मिस्टर काठमाडौंको गोल्ड मेडल नै हात पार्न सफल हुनु भएको छ । त्यस अबसरमा गुरुका तर्फवाट क्लवमा चकलेट वितरण पनि भयो । गुरुले अब छिट्टै अन्तराष्ट्यि स्तरमा मेडल ल्याउने घोषणा गर्नु भएको छ ।
एमाले नेता योगेश भट्टराईको फेशबुकबाट
Yogesh Bhattarai