धादिङमा बस दुर्घटना, मृतकको संख्या १९ पुग्यो


असोज ११ । धादिङको सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस मार्पाकमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
ठूलो संख्यामा यात्रु घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन ।
आज बिहान धादिङबेसीबाट ३१ जना यात्रु लिएर त्यसतर्फ गएको बस बिहान साढे ११ बजे मार्पाक गाउँ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोलातर्फ ३ सय मिटर तल खसेको हो ।
बसको छत र सीटमा टनाटन यात्रु भएको घाइतेले बताएका छन् । पहिरो गइ थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउने क्रममा सो दुर्घटना भएको जनाइएको छ ।
घटनास्थलमा हाल प्रहरी पुगिसकेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा छ ।