News

सुदूरपश्चिममा सिटामोल अभाव

सुदूरपश्चिममा सिटामोल अभाव
असाेज - ११ । सुदूरपश्चिममा विगत दुई महिनादेखि सिटामोल अभाव छ । यहाँका नौवटै स्वास्थ्य संस्थामा सिटामोल लगायत निःशुल्क वितरण गर्नुपर्ने औषधि अभाव भएको हो । sitamol आपूर्ति ठेक्कामा ढिलाइ हुँदा औषधि अभाव भएकाले धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरले हरेक जिल्ला जनस्वास्थ्य कार्यालयलाई सिटामोल खरिद गर्न निर्देशन दिएको छ । तीन लाखसम्मको सिटामोल खरिद गर्न जिल्लालाई जानकारी गराइसकेको सुदूरपश्चिम क्षेत्रीय स्टोरका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए । “दुई महिनादेखि सिटामोल अभाव भए पनि चरम समस्या भने छैन ।” उनले भने– “आपूर्ति गर्ने कम्पनी कारबाहीमा परेकाले अभाव भएको हो ।” “नेपाल औषधि लिमिडेटले सिटामोल उत्पादन सुरु गरिसकेको भनिएको छ ।” उनले भने – “दसैँअगावै वितरण हुने कुरो सुनिएको छ ।” जिल्लामा औषधि खरिदका लागि ठेक्का प्रक्रिया ढिलो गरी थालिएकाले पनि निःशुल्क रुपमा वितरण गरिने औषधि अभाव भएको हो । क्षेत्रीय स्टोर प्रमुख श्रेष्ठका अनुसार सुदूरपश्चिममा वार्षिक करिब दुई करोड चक्की सिटामोल खपत हुन्छ । स्वास्थ्य चौकीबाट ३८, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क दिने व्यवस्था छ । सुदूरपश्चिममा कञ्चनपुर र बैतडीमा सिटामोलको बढी अभाव रहेको उनले बताए। त्यसका साथै जिल्लामा सामान्य ज्वरो, पेटदुखाइ र वर्षातमा हुने पानीजन्य रोगका औषधि अभाव छ । त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत हेमराज जोशीले सिटामोल केहीदिनअघि मात्रै स्थानीय बजारबाट खरिद गरी स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिए । उनले भने “बजारबाट तीन लाखको सिटामोल खरिद गरेका छौँ ।” उनलेअन्य औषधि खरिदका लागि केहीदिन भित्रै टेन्डर हुने बताए। गत वर्ष पनि कञ्चनपुरका ठेक्का प्रक्रिय ढिलो हुँदा जिल्लामा औषधि अभाव भएको थियो । “सबै औषधि अभाव छ भन्ने होइन ।” जोशीले भने – “एकाध किसिमको औषधि अभाव भएको हो ।” कञ्चनपुरमा वार्षिक ५५ लाखको औषधि खरिदका लागि टेन्डर हुन्छ। अबको डेढ महिनाभित्र यहाँ औषधि अभाव नहुने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । - रासस

avab sitamol sudurpaschim

विशेष