News

एनएफपीजेको अध्यक्षमा ध्रुव आले निर्विरोध निर्वाचित

एनएफपीजेको अध्यक्षमा ध्रुव आले निर्विरोध निर्वाचित
असाेज - ११ ।  राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)को अध्यक्षमा ध्रुव आले निर्विरोध निर्वाचित भएका छन् । राजधानीमा भएको समूहको ९ औं साधारण सभाले आलेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो । national-photo-journalist एनएफपीजेको सचिवमा प्रदिपराज वन्त, कोषध्यक्षमा तेज बहादुर बस्नेत सर्वसम्मत रुपमा छानिएका छन् । यस्तै चारजना सदस्यहरु राजेन्द्र चित्रकार, सुनिल बज्राचार्य, शोभा महर्जन र प्रतीक लामिछाने पनि निर्विरोध रुपमा चयन भएका छन् । २०५३ सालमा स्थापना भएको एनएफपीजेका नवनिर्वाचित अध्यक्ष आलेले आउँदा दिनमा समग्र फोटो पत्रकारिता व्यवसायीक बनाउँदै फोटो पत्रकारहरुको हक हितमा काम गर्ने प्रतिबद्धता जनाएकाे छ ।

NFPJ Photo Journalist

विशेष