बसको ठक्करबाट वृद्धको मृत्यु

असोज - ११ । मोरङमा यात्रुवाहक बसको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।
सुन्दरदुलारी–२ स्थित गणेशचोकमा भएको घटनामा सुनसरीको इटहरी– ३ बस्ने ८४ वर्षीया मनमाया ढकालको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
पाँचथरको फिदिमबाट धरानतर्फ जाँदै गरेको ना ४ ख ८२०२ नम्बरको बसले पैदल हिँडिरहेको उनलाई ठक्कर दिएको थियो । गम्भीर अवस्थामा उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । बससहित चालक प्रहरीको नियन्त्रणमा छन् ।
Accident
Death
Morang
