News

धादिङ बस दुर्घटनाका १६ को सनाखत

धादिङ बस दुर्घटनाका १६ को सनाखत
असोज - ११ । धादिङको उत्तरी गाविस मार्पाकमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये १६ जनाको सनाखत भएको छ । dhading मृत्यु हुनेमा बसका चालक गोरखा तान्द्राङ–९ का गंगावीर विश्वकर्मा, मार्पाक–५ का कमल पौडेल, सोहि ठाउाका पवनबहादुर स्माइली मगर, दिलकुमारी अधिकारी, दार्खा–९ का पर्यटन व्यवसायी रामचन्द्र सापकोटा, सत्यदेवी–३ का लिलाबहादुर गुरुङ, सोहि स्थानकी चिरमाया तामाङ, रावन तामाङ, रि गाउँ–८ कि मुना तामाङ, सत्यदेवि–२ रंगसिंह तामाङ, सोहि स्थानका मिदिजंग तामाङ, रौता तामाङ, रि गाउँ–२ का टेकबहादुर तामाङ, चन्द्रमान तामाङ, गुम्दी–८ का इन्द्ररुद्रबहादुर घले र ठेगाना नखुलेका नरबहादुर थापा गरी १६ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा अधिकांश सत्यदेवीका छन् भने केही ‘री’ गाविसका पनि छन् ।  घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । शवहरु खोलाको बगरमा राखिएको छ । वरिपरका गाविसका प्रहरीसँगै अधिकांश मृतकका आफन्तहरु समेत गरेर तीन सय जना घटनास्थलमा छन् । उनीहरुले शव निकाल्ने र पहिचान गर्ने काम गरिरहेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी शरद खत्री ३० जना प्रहरीको टोली लिएर घटनास्थलमा गएका छन् ।

Bus accident Dhading Mirtak Sanakhat

विशेष