नेपाल इन्भेष्टमेन्ट बैंक निजी क्षेत्रका प्रवर्द्धकहरुद्वारा सञ्चालित बैंकहरुमध्ये पहिलो बैंक
असोज ११ । नेपाल इन्भेष्टमेन्ट बैंक निजी क्षेत्रका प्रवर्द्धकहरुद्वारा सञ्चालित बैंकहरुमध्ये ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने पहिलो बैंक बनेको छ ।
बैंकको मंगलबार सम्पन्न ३०औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेसँगै बैंकको चुक्ता पुँजी ८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले बोनस सेयरका साथै २१ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि पारित गरेको छ ।
गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नियामक नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकको सो व्यवस्थापछि ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने बैंक पनि इन्भेष्टमेन्ट बैंक नै भएको छ ।
बैंकको कुल पुँजी कोष १६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले भुवनेश्वरप्रसाद शाह र निराजनमान श्रेष्ठलाई साधारण सेयरधनीहरू तर्फबाट सञ्चालक समितिमा चयन गरेको छ ।
त्यसैगरी, विनोदकुमार गुरागाईँलाई विगतको राष्ट्रिय वाणिज्य बैंकको प्रवर्धन समूहको प्रतिनिधित्व गर्दै सञ्चालक चयन गरिएको छ ।
बैंकले ४७ शाखा, ८२ एटीएममार्फ ७ लाखभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । यो बैंकल बेलायतबाट प्रकाशित हुने दि बैंकर पत्रिकाले दिने बैंक अफ दि इयरको उपाधिबाट ४ पटक सम्मानित भइसकेको छ ।
Nepal Investment Bank Nepal Ko pahlo