News स्वास्थ्य

सिकलसेल एनिमिया र थालासिमिया रोगको परीक्षण नेपालमा हुने

सिकलसेल एनिमिया र थालासिमिया रोगको परीक्षण नेपालमा हुने
असोज ११ । नेपालमै सिकलसेल एनिमिया र थालासिमिया रोगको प्रयोगशाला परीक्षण शुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यो रोगको परीक्षण शुरु भएको हो । teku आफ्नो सेवालाई विस्तार गर्ने क्रममा प्रयोगशालाले रगतमा पाइने हेमोग्लोबिनको खराबीले हुने रोग सिकलसेल तथा थालासिमिया रोगको हेमोग्लोबिन क्यापिलरी इलेक्टोफोरेसिस परीक्षण शुरु गरेको बताइएको छ । यो परीक्षण उच्च प्रविधिकयुक्त भएको र परीक्षणका लागि करिब तीनदेखि चार मिलिलिटर रगत आवश्यक पर्ने प्रयोगशालाले जनाएको छ । परीक्षणवाट बिरामीको रगतमा भएको हेमोग्लोबिनको प्रकार र सम्बन्धित मात्रा थाहा पाउन सकिने भएकाले रोग कुन अवस्थामा छ भन्ने थाहा पाउन सकिने प्रयोगशालाका निर्देशक डा गीता शाक्यले जानकारी दिइन् । परीक्षण शुरु भएसँगै अब महङ्गो शुल्क तिरी छिमेकी मुलुक धाउनुपर्ने नेपालीको बाध्यता हटेको छ । यस्तै, सरकारी अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) १० देखि पाँच बजेसम्मै खुला हुने भएको छ । स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल, स्वास्थ्य सेवा विभाग, क्षेत्रीय निर्देशनालय लगायतका निकायमा पाँच बजेसम्म ओपिडी सेवा दिन आइतबार नै निर्देशनपत्र पठाइसकेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्बोधनमा ओपिडी सेवा पाँच बजे सम्म सञ्चालन गर्ने घोषणा गरेसँगै मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ ।

animia parikshan sikalsel teku thalasimiya

विशेष