ताजा खबर News

भारतद्वारा सार्क शिखर सम्मेलन बहिष्कार

भारतद्वारा सार्क शिखर सम्मेलन बहिष्कार

saarc असोज १२ दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्कको) इस्लामाबाद, पाकिस्तानमा कार्तिकको अन्तिम साता हुने तय भएको १९ औं शिखर सम्मेलन भारतले बहिष्कार गर्ने भएको छ । नयाँ दिल्लीमा विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यसबारेको जानकारी सार्कको वर्तमान अध्यक्ष नेपाललाई दिएको जनाएको छ ।

दक्षिण एशियामा बढ्दो आतंकारी आक्रमण र सदस्य(राष्ट्रहरूको आन्तरिक मामिलामा बढ्दो हस्तक्षेपले गर्दा शिखर सम्मेलनलाई सफलतापूर्वक संचालनको लागि अनुकूल वातावरण नभएको भारतको दृष्टिकोण रहेको छ । तर भारत क्षेत्रीय सहयोगप्रति वचनबद्ध रहेको जनाउँदै विदेश मन्त्रालयले यसका लागि आतंकमुक्त वातावरण आवश्यक पर्ने कुरा औंल्याएको छ ।

विदेश मन्त्रालयले सार्कका अन्य केही सदस्य(राष्ट्रले पनि १९ औं सम्मेलन आयोजनाबारे सन्देह प्रकट गरेको बुझिएको भनेको छ ।

Saarc country

विशेष