ताजा खबर राजनीति News

तिहारसम्म संविधान संसोधन प्रस्ताव

तिहारसम्म संविधान संसोधन प्रस्ताव

morcha

असोज १२ । प्रधानमन्त्री प्रचण्डले प्रदेश सिमाङ्कनको हेरफेर लगायतका विषयमा संविधान संशोधन गर्ने प्रस्ताव तिहारसम्ममा संसदमा दर्ता गराउने आश्वासन दिएका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको बैठकमा उनले ’सकेसम्म दशैं नत्र तिहारसम्ममा संशोधन प्रस्ताव दर्ता गर्ने’ वचन दिएका हुन् ।

मोर्चाका नेता प्रधानमन्त्रीको आश्वासनपछि ‘पर्ख र हेर’ को मनस्थितिमा पुगेका छन् । मोर्चाका नेताहरुले आफ्नै सहयोगमा बनेका प्रधानमन्त्री प्रचण्ड समक्ष सरकारको कामप्रतिको असन्तुष्टि र आशंका राखेका थिए ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाललाई उद्धृत गर्दै प्रचण्डको निजी सचिवालयले ‘बैठक अत्यन्तै सौहार्द रहेको’ जनाएको छ । परित हुँदैन भन्ने बहानामा प्रस्ताव नै नल्याउनु ठग्ने काम हो, जस्ले पारित गर्दैन, उसविरुद्ध आन्दोलन हुन्छ, त्यसले जनतालाई जवाफ दिनुपर्छ, जनताले समिक्षा र मूल्याङ्कन गर्छन । सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले भने ।

Morcha Chalphal

विशेष