ताजा खबर News

प्रहरी प्रवक्ता फेरिए

प्रहरी प्रवक्ता फेरिए

hemanta-mall

असोज १२ । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी तोकिएका छन् । उनले मङ्गलबारबाट केन्द्रीय प्रवक्ताको कार्यभार सम्हालेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोमा रहेर रानीबारी हत्याकाण्ड, सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या, नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक पक्राउ र मानव बेचबिखनजन्य अपराधको नियन्त्रण गर्न सफल तथा सक्षम व्यक्तिका रूपमा चर्चा कमाएका व्यक्ति हुन ।

यसअघिका प्रवक्ता माधव जोशीलाई सुरक्षा निर्देशनालयको जिम्मेवारी दिइएको छ । जोशी प्रहरी प्रवक्तामा दुईपटक दोहोरिए पनि मिडिया तथा पब्लिकसँगको सम्पर्कबाट टाढा रहेर काम गर्ने व्यक्तिका रूपमा चिनिएका ठकुरीलाई जिम्मेवारी दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Hemanta Malla Thakuri

विशेष