खेल ताजा खबर News

बी लिगको शीर्षमा च्यासल

बी लिगको शीर्षमा च्यासल

football असोज १२ । च्यासल युथ क्लबलेसहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार खुमलटार युथ क्लबलाई ३–० ले पराजित गर्दै शीर्ष स्थान उक्लँदा दोस्रो स्थानको एनआरटीले श्रीकुमारी क्लबमाथि १–० को विजय हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समाभएको खेलमा श्रीकुमारीले एनआरटीलाई नतिजा सुम्पेपछि तेस्रो स्थानमा झरेकोछ । प्रदीप गुरुङले ५४ औं मिनेटमा गरेको गोल एनआरटीको जितमा निर्णायक बन्यो ।

लिगमा दुई खेल खेल्न खेल्न बाँकी रहँदा समान २२ अंक बटुलेका च्यासल र एनआरटी गोलभिन्नताका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानको श्रीकुमारीसँग २१अंक छ । एक खेल कम खेलेको आरसिटी २० अंकसाथ चौथो स्थानमा छ ।

हल्चोकस्थित एपिएफ रंगशालामा भएको दोस्रो खेलमा राजेन्द्र देउलाको आत्मघाती गोलमा च्यासलले चौथो मिनेटमा अग्रता लिएको थियो । २५औं मिनेटमा विनोद केसीले अग्रता दोब्बर पारे । ७३ औं मिनेटमा दीपेन्द्र घिसिङले अर्को गोल गर्दै च्यासललाई ३ अंक दिलाएका थिए ।

हल्चोकमै सम्पन्न पहिलो खेलमा टुसाल युथले महावीर क्लबलाई ४–० ले पराजित ग¥यो । जितपछि टुसाल १३ अंकसाथ सातौं स्थानमा छ भने ४ अंक बटुलेको महावीर पुछारमा छ ।

Chyasal Youth Club

विशेष