खेल ताजा खबर News

खानाका पारखी मेसी फिल्म हेदैनन्

खानाका पारखी मेसी फिल्म हेदैनन्

messi असोज १२ ।कोपा अमेरिकामा आफ्नो टिम अर्जेन्टिनालाई फाइनलमा जिताउन असफल भएपछि फुटबल स्टार लियोनल मेसीले तत्कालै सन्यासको घोषणा गरे । तर, उनको यो घोषणा लामो समयसम्म टिकेन । अर्जे्न्टिनाका राष्ट्रपतिदेखि प्रशंसकको आवाज सुन्दै उनले अहिले सन्यासको घोषणा फिर्ता लिइसकेका छन् । यसलाई मेसीको अस्थिरता पनि भन्ने गरिएको छ ।

तर, मेसी खानपिनको च्वाइसमा भने बाल्यकालदेखि नै स्थिर छन् । उनी सानैदेखि गुलियो भनेपछि हुरुक्क हुन्थे । गुलियोप्रतिको उनको मोहलाई कोचले उपयोग गर्ने गर्थे । मेसीले हरेक गोलबापत कोचले उनलाई प्रोत्साहनस्वरूप चिनी प्रशस्त मिसाइएको बिस्कुट दिने गर्थे । राम्रो खेल्ने लालसामा गुलियो बिस्कुटको आकर्षण थपिएपछि मेसी पनि गोल गर्न मरिमेटेर लागिपर्ने गर्थे ।

उनी खानाका पारखी पनि हुन् । उनको सबैभन्दा मन पर्ने परिकार बोनलेस मिटबाट बन्ने इस्केलोप मिलानिज नाम गरेको अर्जे्न्टिनामा प्रचलित परिकार हो । मेसी सानो छँदा उनकी आमाले हप्तामा दुई अथवा तीनपटक सो परिकार बनाउनै पथ्र्यो । मेसी ठूलो भएपछि पनि मन परेको खाना खान मरिमेट्थे । खानपानमा परहेज नअपनाउने उनको स्वभावमा अंकुश लगाउन कोचलाई हम्मेहम्मे पर्ने गथ्र्यो । सागपात र सलाद भने मेसीको रोजाइमा हत्तपत्त पर्दैन थियो ।

तर, खानाका पारखी मेसी किताब पढ्न र फिल्म हेर्न त्यति रुचाउँदैनन् । उनले अत्यन्तै कम किताब पढेका छन् । उनको सबैभन्दा मनपर्ने किताब ‘एल मार्टिन फिरो’ नामक कवितासंग्रह हो, जसलाई अर्जे्न्टिनाको ‘मुनामदन’ भन्दा हुन्छ । यो किताब विद्यालयस्तरको पाठ्यक्रममा समेत समावेश छ ।

अर्जे्न्टिनामा फुटबलर म्याराडोनाको आत्मवृत्तान्त पनि बढी बिक्री हुने किताबमा पर्छ । अझ अर्जे्न्टिनी फुटबलरले त म्याराडोनाको आत्मवृत्तान्तलाई ठूलो श्रद्धा र उत्साहका साथ पढ्ने गर्छन् । तर, मेसीले जति गर्दा पनि म्याराडोनाको किताब पढ्न सकेनन् ।

फिल्म हेर्न बस्दा कथा थोरै घुमाउरो हुनासाथ टिभी बन्द गरिहाल्छन्, मेसी । ‘लस्ट’ र ‘प्रिजन ब्रेक’ फिल्म उनले कहिल्यै पूरै हेर्न सकेनन् । यद्यपि, उनले ‘एल हिजो डी ला नोभिया’ फिल्म निक्कै ध्यान दिएर हेरे । ‘त्यो फिल्मले मलाई मोहित बनायो, किनकि त्यसकी नारी पात्रले मलाई मेरी हजुरआमाको स्मरण दिलाएकी थिइन्,’ एक अवसरमा उनले भनेका थिए ।

फुर्सदमा फुटबल हेरेर उनले समय काट्ने गरेका छन् । केही काम नभएको वेला टिभी हेर्नु, पढ्नु अथवा गीत सुन्नुको सट्टा उनी सुत्न रुचाउँछन् । नयाँ पत्रिका

Messi

विशेष