इतिहासमा आज ताजा खबर News स्वास्थ्य

आज सुरक्षित गर्भपन दिवस, नेपालमा वार्षिक ८० हजारले गराउंछन् गर्भपतन

आज सुरक्षित गर्भपन दिवस, नेपालमा वार्षिक ८० हजारले गराउंछन् गर्भपतन

abortation-day असोज १२ । नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले मंगलबार प्रसूतिगृहमा आयोजना गरेको पत्रकारसम्मेलनमा वार्षिक ६ लाख गर्भवती हुनेमा ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको जानकारी दिइयो ।

प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतमले अस्पतालमा सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा दिन थालिएको जानकारी दिँदै आर्थिक वर्ष २०७२–७३ मा औजारबाट र औषधिको प्रयोगबाट दुई हजार ६ सय ९६ जनाले गर्भपतन सेवा लिएको बताए ।

हरेक वर्षको सेप्टेम्बर २८ का दिन विश्वमा सुरक्षित गर्भपतन दिवस मनाउने गरिएको छ । नेपालमा पनि २६ सेप्टेम्बर अर्थात् असोज १० का दिन मुलुकी ऐनको ११ औँ संशोधनपश्चात् गर्भपतनले कानुनी मान्यता पाएको दिनलाई स्मरण गर्दै आज नै यो दिवस मनाइन्छ ।

Abortion Day

विशेष