ताजा खबर राजनीति News

प्रधानमन्त्री दाहाल रिबन काट्ने भन्दा चानचुन काममा व्यस्त

प्रधानमन्त्री दाहाल रिबन काट्ने भन्दा चानचुन काममा व्यस्त

Dahal

असोज १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाँदै छन् । विहान चितवन प्रस्थान गर्न लागेका दाहाल आज दिनभर विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिको सचिवालयले सार्वजनिक गरेको छ ।

विभिन्न ठाउँमा आयोजना गरिने स–साना उदघाट्न कार्यक्रममा सहभागी भएर समय खेर नफाल्ने उदघोष गरेका दाहालले विहान चितवन जिल्ला प्रशासन कार्यालयको भवन उदघाट्न गर्ने कार्यक्रम छ । साँझसम्म चितवनमा आयोजित विभिन्न कार्यक्रममा व्यस्त हुने कार्यतालिका छ ।

प्रधानमन्त्री दाहालले विहान सवा १० बजे जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरुलाई कार्यसम्पादन प्रभावकारी बनाउन निर्देशन दिने कार्यक्रम छ । यस्तै विहान ११ बजे भरतपुरस्थित क्यान्सर अस्पतालनको निरीक्षण गनेएछन् । उनले चितवनको दिव्यनगरमा रहेको आफु अध्यनरत आर्दश उच्च माबिको स्वर्ण महोत्सव सभापन कार्यक्रममा सहभागी हुनुुहुनेछ ।

प्रधानमन्त्री दाहालले कसरामा चितवन राष्ट्रिय निकुञ्जको कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ । आज  चितवनमा व्यस्त हुने प्रधानमन्त्री दाहाल भोली मात्रै राजधानी फर्किने कार्यक्रम छ ।

pm dahal

विशेष