विदेश

आतंकवादीलाई पैसा पनि दिने सार्क सम्मेलन बहिष्कार पनि गर्ने भारत छद्मरुपी देशः पाकिस्तान

आतंकवादीलाई पैसा पनि दिने सार्क सम्मेलन बहिष्कार पनि गर्ने भारत छद्मरुपी देशः पाकिस्तान

nepal1

असोज १२ । र्साक शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेको भारतमाथि पाकिस्तान वाक युद्धमा उत्रिएको छ । पाकिस्तानमा आतंकवादी हमला गराउन आर्थिक लगानी गरिरहेको भारतले आतंकवादलाई कारण देखाएर सम्मेलन बहिष्कार गर्नु बहानाबाजी मात्रै भएको पाकिस्तानको ठहर छ ।

पाकिस्तान सरकारका प्रवक्ता मोहम्मद नफिस जाकारियाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘पाकिस्तानमा आतंकवादीलाई पैसा दिने भारतीय जासुसी संस्था ‘र’का एजेन्ट कुलभुषण यादबबाट नै भारतको नियत स्पष्ट हुन्छ ।’

भारतीय जासुस यादवलाई केही समय अघि पाकिस्तानले पक्राउ गरेर नियन्त्रणमा लिएको छ । भारतले भने कुलभूषण आफ्ना कर्मचारी नभएको बताएको छ ।

भारतले पाकिस्तानमा हुने १९ औं सार्क सम्मेलनमा सहभागी नहुने बताएको छ । तर पाकिस्तान सरकारका प्रवक्ता जाकरियाले यसबाले औपचारिक जानकारी प्राप्त नभएको बताएका छन् ।

पाकिस्तानलाई नेपाल र भूटान जस्तो ठाने भारत खरानी हुन्छ

यसैबीच पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफले भारतीय टेलिभिजनमार्फत नै भारतमाथि औंला उठाएका छन् । अमेरिकामा रहेका पूर्वराष्ट्रपति मुशर्रफले पाकिस्तानको शक्तिलाई नेपाल र भूटान जस्ता विवश मुलुकसँग तुलना गरे भारतले चर्को मूल्य चुकाउनु पर्ने बताएका छन् ।

भारतीय च्यानल आजतकसँग कुरा गर्दै पूर्वराष्ट्रपति मुशर्रफले मंगलबार बेलुका यस्तो चेतावनी दिएका हुन् ।  अन्र्तवार्ताका क्रममा उनले भनेका छन् ‘पाकिस्तानलाई नेपाल र भुटानजस्तो सम्झिने गल्ति भारतले नगरोस् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको बदनाम गरिरहेको पनि उनले बताए । सार्क शिखर सम्मेलनमा सहभागी नहुने भारतको घोषणामा प्रतिक्रिया दिँदै मुशर्रफले भने‘आफूलाई मन लाग्दा मोदी पाकिस्तानमा आउँछन् । अर्कोतर्फ पाकिस्तानलाई दुनियाँभर बदनाम गराउँछन् ।’

मुशर्रफले कश्मीरलगायतका मुद्दामा भारतले कुरै गर्न नचाहेको उल्लेख गर्दैै उनले भने,‘पाकिस्तान पाकिस्तान हो । नेपाल र भुटान होइन ।’ मुशर्रफले भनेका छन, ‘भारत ठूलो देश हो तर, यसको चित्त सानो छ ।’

India Vs Pakisan

विशेष