News

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ सकियाे

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ सकियाे
असोज ११ । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरुको बुधबार संसदीय सुनुवाइ गरेको छ । deep-kumar-vs-lila-mani-poudelसरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसदमा पठाएको थियो । प्रस्तावित राजदूतहरूले संसदीय सुनुवाइका क्रममा आफ्नो अवधारणा, कार्ययोजना र सोच प्रस्तुत गरेका हुन् । सो क्रममा उनीहरुले आफूहरुलाई सिफारिस गरेको मुलुकमा राजदूत भई काम गर्ने अवसर प्राप्त भएको खण्डमा दुई देशबीचको सम्बन्धलाई नेपालको हितमा केन्द्रित रहेर सुदृढ तुल्याउन योगदान दिने प्रतिबद्धता व्यक्त गरे । ‘कूटनीति भनेको कला, कौशल र चातुर्यता हो, त्यसअनुसार कूटनीतिक जिम्मेवारीमा रहुन्जेल तटस्थ भएर काम गर्नेछौँ ।’ उनीहरुले भने

Deep Kumar Upadhyay Lila Mani Poudel Samsadiya Sunuwai

विशेष