News

जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
असोज - १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको आकांक्षा बुझेर जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । pushpa-kamal-dahal1बुधबार चितवन जिल्लामा अवस्थित सरकारी कार्यालयका प्रमुखहरुलाई सामूहिक निर्देशन दिँदै प्रधानमन्त्रीले भने, ‘जनताको कर्मचारी प्रशासनलाई हेर्ने नजर अहिले पनि राम्रो बन्न सकेको छैन। जनताले हाम्रै कर्मचारी हुन्न भन्ने अनुभूति हुने गरी काम गर्नुस् ।’ धेरै कुरा गर्नुभन्दा पनि परिणाममुखी काम गर्न उनले आग्रह गरेका छन् । राजनीतिक तीव्रता र प्रशासन संयन्त्रको काम गर्ने तरिकामा अन्तरविरोध आएकाले पनि कतिपय जटिलता निम्तिएको उनको भनाइ थियो । ’राजनीति र प्रशासन एक अर्काका परिपूरक बनेर जानुपर्छ । तर, कमाण्ड राजनीतिको हुन्छ,’ उनले भने, ’राजनीति तीव्रतामा हुन्छ । तर, प्रशासनको आफ्नै ट्रेन हुन्छ । राजनीतिको रफ्तारलाई बुझ्ने गरी प्रशासनिक कामलाई बदल्न जरुरी छ ।’ सरकार दण्ड र पुरस्कारको व्यवस्था सहित प्रशासन सुधारमा लागेको उनले जानकारी गराए । ‘राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने प्रणालीको विकास गर्नेतिर सोच्नुपर्छ । मैले यसबारे संसदमा पनि बोलेको छु,’ उनले थपे, ’राम्रो गर्नेलाई सम्मान, पुरस्कृत र समाजमा स्थापित गर्ने र नराम्रो गर्नेलाई दण्डित गरेर जानुपर्छ । समयभन्दा अगाडि नै राम्रोभन्दा राम्रो काम गर्नेतिर सोच्नैपर्छ ।’

pm puspa kamal dahal puspa kamal dahal

विशेष