News

आयो माग्नेको मन्त्रीको सालो (भिडियाेसहित)

आयो माग्नेको मन्त्रीको सालो (भिडियाेसहित)
असाेज - १२ । केदार घिमिरे(माग्ने बुढा) को मन्त्रीको सालो बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा उनको आफ्नै शब्द रहको छ । पेटको समस्याले चार महिनादेखि थला परेर कुनै पनि कार्यक्रममा नदेखिएका माग्ने बुढा एकाएक म्युजिक भिडियोमा देखिएका छन् । magne-buda2 कही वर्ष अगाडि रेकर्ड गरिएको ‘मन्त्रीको सालो’ बोलको गीतमा उनी देखिएका हुन् । स्वास्थ अवस्था अलि ठिक भइसकेपछि उनले उक्त म्युजिक भिडियोको लागि केही दृश्यहरु पनि दिएका थिए । दिपक आचार्यको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा माग्ने बुढाको शब्द रहेको छ र हरि लम्सालको संगीत रहेको छ । नेताहरुलाई व्यङग्य हानेर तयार पारिएको उक्त म्युजिक भिडियो तलको लिङ्कमा हर्न सक्नुहुनेछ । भिडियोमा माग्न बुढासँगै दीपक आचार्य, विनोद राई(घ्याम्पे सुब्बा), बेगक नेपाली(भटभटे), दिनेश काफ्ले, सुबोध गौतम, सुनिता ठाकुर, भरत बस्नेत लगायत देखिएका छन् ।  

Magne Budha

विशेष