News

खोटाङको हलेसी एफएममा ताेडफाेड, पत्रकार महासंघ खोटाङले विज्ञप्ती निकाल्याे

खोटाङको हलेसी एफएममा ताेडफाेड, पत्रकार महासंघ खोटाङले विज्ञप्ती  निकाल्याे
असोज १२ – अपरिचित व्यक्तिले खोटाङको सामुदायिक रेडियो हलेसी एफएमको मुढेमा रहेको टावरको जेनेरेटर तोडफोड गरेको छ । सदरमुकाम दिक्तेलबाट डेढ घण्टा माथि मुढेडाँडामा रहेको भवनमा राखिएको दुई वटा जेनेरेटर तोडफोड भएको हो । halesi-radio टावरका प्राविधिक पेट्रोल लिन दिक्तेल बजार झरेको मौकामा मंगलबार दिउँसो एफएमको जेनेरेटर तोडफोड भएको सामुदायिक रेडियो हलेसी एफएमका स्टेशन मेनेजर उत्तम चौंलागाईले बताउनुभयो । तोडफोडबाट एफएमको दुबै मोटर, फिल्टर र तारमा क्षति पुगेको छ । बिहान १० बजेसम्मको प्रसारण पूरा गरेर दिउँसो ४ बजे पुनः प्रसारण सुरु गर्न खोज्दा एफएमको उपकरण तोडफोड भएको थाहा भएको हो । एफएमको दुबै जेनेरेटर तोडफोड भएका कारण रेडियोको प्रसारण बिद्युत आएको समयमा मात्र हुने स्टेशन मेनेजर चौंलागाईले जानकारी दिनुभयो । तोडफोडको कारण र संलग्न व्यक्तीको पहिचान हुन सकेको छैन । मुढेमा रहेको एफएमको दुई वटा घरमध्ये एउटा घरमा राखिएको ट्रान्समिटर लगायतका सामग्री भने सुरक्षित छन् । नेपाल पत्रकार महासंघ खोटाङले उक्त घटनाबारे एक विज्ञप्ती निकालेर घटनाकाे भत्सना गरेकाे छ । घटनामा भनिएकाे छ, खोटाङ जिल्लाबाट २०६४ सालदेखि निरन्तर प्रशारणमा रहेको सामुदायिक रेडियो हलेसी एफ.एमको उपकरणमा मंगलबार दिउँसो अज्ञात समुहबाट तोडफोड हुनुले अझै पनि शान्ति, सुरक्षाको महसुस गर्न कठिन रहेको प्रस्ट देखिन्छ । असल कामलाई प्रोत्साहित गदै खराव कामलाई निरुत्साहित गर्नु सञ्चारमाध्यमको धर्म हो । halesi खराव प्रबृति भएका व्यक्तिहरुबाट आफ्नो गल्ति र कमजोरि ढाकछोप गर्ने नाममा सञ्चार जगतमाथी यस्ता हर्कत हुनु कत्तिको सुहाँउदो हो । यसरी दिनडाँडै सञ्चारमाध्यममा भएको तोडफोडले हामी हलेसी सञ्चारजगत र सञ्चारकर्मीहरुलाई अत्यन्तै दुखि तुल्याएको छ । त्यसैले तोडफोड गर्ने व्यक्तिको पहिचान गरि प्रहरी र प्रशासनले कारवाही गर्न जरुरी छ ।

halesi fm khotang Todfod

विशेष