विदेश

अमेरिकाले क्युवामा ५० वर्षपछि राजदूत पठायो

अमेरिकाले क्युवामा ५० वर्षपछि राजदूत पठायो
असोज १२ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार ५० वर्षपछि पहिलो पटक क्युवाका लागि राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति ओबामाले जेफ्री डेलौरेन्ट्सलाई क्युबाका लागि राजदूत नियुक्त गर्दा आफूलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाएका छन्। jefri जेफ्रीले क्युबामा पुगेर निकै महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने ओबामाको विश्वास छ। राजदूतको नियुक्तिपछि पूर्वप्रतिद्वन्द्वी अमेरिका र क्युबाबीचको सम्वन्धमा सुधार आई सामान्य अवस्थामा पुग्ने ओबामाको अपेक्षा छ। राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा राष्ट्रपति ओबामाले जेफ्रीलाई कुटनीतिक क्षेत्रमा राम्रो दख्खल भएका अनुभवी व्यक्तित्वका रुपमा प्रशंसा गरेका छन्। झन्डै पाँच दशकदेखिको कटु सम्बन्धको अन्त्य गर्दै गत वर्षको जुलाइमा अमेरिका र क्युबाबीचको कुटनीतिक सम्वन्ध पुनःआरम्भ भएको थियो। रासस

ambassador America Quiba

विशेष