विदेश

ईजरायलका नोवेल शान्ति पुरस्कार विजेता पूर्वराष्ट्रपति पेरेजको निधन

ईजरायलका नोवेल शान्ति पुरस्कार विजेता पूर्वराष्ट्रपति पेरेजको निधन
असोज १२ । नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ । दुई साता अघिदेखि सिकिस्त विरामी भएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ०३ बजे निधन भएको पेरेजका छोरी–ज्वाइँ रफी वालडेनले जानकारी दिए । Ambrosetti International Economic Forum पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बनेका थिए भने जीवनको उत्तरार्धसम्म पनि सक्रिय राजनीतिज्ञकारुपमा क्रियाशिल थिए । प्यालेस्टिनीसँंग शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनको निधन प्रति विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले दुःख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओवामाले शान्तिका लागि सधैभरी प्रयत्न गरिरहने व्यक्तिका रुपमा उनलाई स्मरण गरेका छन् । उनी पेरेजको अन्त्यष्टी कार्यक्रममा सहभागी हुन शुक्रबार इजरायल जाने भएको छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले पनि शोक वक्तव्य प्रकाशित गरी शान्ति स्थापनमा महत्वपूर्ण भूमिका खेलेका पेरेजको निधनले दुखित बनाएको बताएका छन् । “विश्वमा पेरेजजस्ता सीमित मान्छे छन्, जस्ले विश्वलाई नै परिवर्तनको वहाक बनेर मानव इतिहासमा ठुलो योगदान गर्नुभएको छ । उहाँ हाम्रो शक्ति र नैतिकताका श्रोत पनि हुनुहुन्छ ।” ओवामाले वक्तव्यमा भने । अमेरिकाकै पूर्वराष्ट्रपति विल क्लिनटनले पनि पेरेजलाई शान्ति र मेलमिलापका अभियान्तको रुपमा सम्झना गरो हुन् । इजरायलकै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गहिरो शोक व्यक्त गरेका छन् भने प्रतिपक्षी दलका नेता इस्साक हेर्जङले इजरायलको इतिहासका प्रतिक भएकाले कहिल्यै भुल्न नसक्ने बताएका छन् । पेरेजले प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा सन् २००७ देखि २०१४ सम्म इजरायलको नेतृत्व गरेका थिए । रासस-एएफपी

Barak Obama Death Isrial simon perej

विशेष