News

इलाकालाई स्थानीय तह मान्ने निर्णयप्रति कांग्रेसका सासंद असन्तुष्ट

इलाकालाई स्थानीय तह मान्ने निर्णयप्रति कांग्रेसका सासंद असन्तुष्ट
असोज १२ । इलाकालाई आधार मानेर स्थानीय तहको सीमाकंन र संख्या निर्धारण गर्ने सरकारको निर्णयप्रति कांग्रेसकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकमा कांग्रेसका मधेशी सांसदहरुले यो निर्णयले मधेशमाथि अन्याय गरेको बताएका छन् । bicc उनीहरुले सरकारको यो निर्णय कुनै हालतमा नमान्ने बताएका हुन् । सांसदहरु फरमुल्लाह मन्सुर, अमरेशकुमार सिंह र रामकृष्ण यादवले प्रदेश सीमाकंन हेरफेरबारे छलफल भइरहेका बेला स्थानीय पालिका बनाउने सरकारी निर्णयले मधेशको हित नहुने बताए । सांसद मन्सुरले स्थानीय तहको निर्वाचन नहुँदैमा संविधान धरापमा नपर्ने बताए । सरकारी निर्णयको प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले पनि आपत्ति जनाएका थिए । जवाफमा गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमतिका आधारमा स्थानीय तह निर्धारण सम्बन्धी सरकारले गरेको निर्णय सवैले मान्नुपर्ने बताए ।

asantusti BICC Nepali Congress

विशेष