पाकिस्तानमा हुने सार्क सम्मेलनमा भारत र बंगलादेश सहभागिता नजाउने

असोज–१२ । पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा बंगलादेश र भारतले सहभागिता नजनाउने निर्णय सार्वजनिक गरेको छ ।
बीबीसीका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका मिडिया सल्लाहकार इकबाल शोभन चौधरीले यसको पुष्टि गरेका हुन् । प्रधानमन्त्रीका अनुसार बंगलादेशको आन्तरिक कारणले गर्दा सम्मेलनमा भाग नलिने निर्णय गरेको हो ।
यसअघि भारतले सम्मेलनमा भाग नलिने घोषणा गरेको थियो । भारत प्रशासित काश्मिरमा सेनाको ब्यारेकमा भएको आक्रमणपछि भारत पाकिस्तानबीचको सम्बन्ध थप चिस्सिएको छ ।
यसरी सदस्य देशले सम्मेलनमा नजाने निर्णय गर्दा अध्यक्ष राष्ट्रका हैसियतले नेपाललाई पनि संकट पर्ने भएको छ । सार्क दक्षिण एशियाली आठ देशको संगठित समूह हो । सार्कको बैठक हरेक दुई वर्षमा हुने गर्दछ ।
पाकिस्तानको राजधानी इस्लामावादमा आगामी नोभेम्बर ९ र १० मा सार्क शिखर सम्मेलन गर्ने तय भएको छ ।
SAARC
