News

सशस्त्र प्रहरी महानिरीक्षक राईद्वारा 'कमाण्ड तथा स्टाफ कोर्ष'काे उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षक राईद्वारा 'कमाण्ड तथा स्टाफ कोर्ष'काे उद्घाटन
असाेज - १२ । विश्वकै फौजी संगठनमा व्यवसायीक प्रशिक्षणका लागि कमाण्ड तथा स्टाफ कोर्ष संचालन भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय कमाण्ड तथा स्टाफ कलेजमा ‘कमाण्ड तथा स्टाफ कलेज’को दोस्रो ब्याचको प्रशिक्षण सुरु भएको हो । camand-and-staf-course सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले ‘कमाण्ड तथा स्टाफ कोर्ष’को असोज बुधबार प्रधान कार्यालयमा एक कार्यक्रम वीच उद्घाटन गरे । उनले यस प्रकारको कोर्षले व्यक्तिगत बृत्तिविकासमा सहयोग पुग्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीलाई बुझ्दै सोही अनुसारको कार्य गर्न प्रशिक्षार्थीहरु दक्ष हुने हुँदा संगठनको कार्यशैलीमा अझै प्रभावकारिता आउने विश्वास व्यक्त गरे । त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्रका डिन डा. शरदचन्द्र ठाकुरले सुरक्षामा देखा परेका नयाँ–नयाँ चुनौतीलाई व्यवस्थापन गर्न यस प्रकारको कोर्ष महत्वपूर्ण हुने बताए । उनले २१औं सताब्दीको सुरक्षालाई सही ढंगले व्यवस्थापन गर्नु पनि यस कोर्षको प्रमुख उद्देश्य रहेको उल्लेख गरे । ६-६ महिनाको तीन सेमेस्टरमा विभाजन गरी सशस्त्र प्रहरी बलको म्याण्डेट अनुसारका कार्यहरुमा सैद्धान्तिक एवं व्यवहारीक प्रशिक्षण दिइने उक्त कमाण्ड तथा स्टाफ कोर्षमा प्रशिक्षार्थीहरुले आधुनिक प्रविधि एवं सुविधाहरुको उपयोग गरी प्रशिक्षण पुरा गर्ने कुरा समारोहमा चर्चा गरिएको थियो । फौजी संगठनमा व्यावसायिक प्रशिक्षणका लागि महत्वपूर्ण मानिने स्टाफ कलेजमा सुरक्षा, विकास तथा शान्ति सम्बन्धि विषयको प्रशिक्षण हुनेछ । उक्त कोर्षमा त्रिभुवन विश्वविद्यालयबाट लिइएको प्रवेश परिक्षामा उत्तिर्ण भएका कुल ९ जना एपीएफ अधिकृतहरु प्रशिक्षार्थीको रुपमा समावेश रहेका छन् ।

Comand and staff course

विशेष